भेटरन्स टुर्नामेण्टमा डुवर्स राइनो च्याम्पियन

photocollage_202352114359306.jpg

२ मईः नर्थ बेंगल फूटबल प्लेयर्स एसोसिएशनको तत्त्वावधानमा आयोजित तीनदिने भेटरन्स फूटबल टुर्नामेण्टमा डुवर्स राइनो च्याम्पियन भयो। सहायक फाउण्डेशन, मर्निंग क्लब ग्रुप अनि मनजीत एकादशको सहयोगमा आयोजित यस टुर्नामेण्टको फाइनलमा डुवर्स राइनोले कलकत्ताको वैद्यबाटी फोर्टी प्लस-लाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। सिलगढ़ीको पानीट्यांकी मोड़ नजिक रामकृष्ण खेल मैदानमा सोमवार भएको अन्तिम दिनको म्याचमा डुवर्स राइनोले सिक्किको हिलस्टोन भेटरन्स अनि वैद्यबाटीले सिलगढ़ी भेटरन्सलाई सेमिफाइनलमा पराजित गरेको थियो।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रत्ना देवी शर्मा स्मृति विनर्स ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई इन्द्रमणि देवी स्मृति रनर्स अप् ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अन्तिम दिन अण्डर-१८ आयु वर्गको फाइनल पनि खेलियो। यसमा मनजीत फूटबल एकाडमीले जेपीएफसी, बाघडुग्रालाई २-०-ले पराजित गरी ट्रफी जित्यो।

About Author

Advertisement