भू-माफिया विरुद्ध उत्तरबंगाल स्मल टी प्लान्टर्स एसोसिएसनको जिल्ला मेजिस्ट्रेट समक्ष गुनासो

53e9f180-87c0-485b-a6b8-0582b7f38bc2

उत्तर दिनाजपुर: उत्तर बङ्गाल स्मल टी प्लान्टर्स एसोसिएसनले चिया बगानको जग्गा विभिन्न तरिकाले कब्जा गरेको आरोप लगाउँदै इस्लामपुर महकुमा शासकलाई भू-माफिया विरुद्ध ज्ञापनपत्र बुझाएको छ। चोपडा ब्लकमा रहेको चिया बगानको जग्गा जबर्जस्ती अतिक्रमण गरेको आरोपमा संघले महकुमा शासकलाई ज्ञापनपत्र बुझाएको हो। संघका अध्यक्ष भजोहरी भौमिकले ज्ञापनपत्रको प्रतिलिपि मुख्यमन्त्री ममता ब्यानर्जीसहित जिल्ला अधिकारीलाई पनि पठाइने बताएका छन्। साथै अध्यक्ष भजोहरी भौमिकले चिया बगानको जग्गा आश्चर्यजनकरूपमा भूमि एवं भू-राजस्व विभागमा अर्कैको नाममा दर्ता भइरहेको बताएका छन्। राज्य सरकारले चिया बगान मालिकहरूलाई पट्टामा दिने घोषणा गरेको अतिरिक्त जग्गा भूमाफियाले जबर्जस्ती अतिक्रमण गरिरहेको संघको आरोप छ।भौमिकले अझ भने ,यसरी नै चलिरह्यो भने हामी चिया बगान बन्द गरेर वृहत आन्दोलनमा जानेछौ। यस्तो अवस्थामा कर्मचारीहरूको जिम्मेवारी प्रशासनको हुनेछ। तर हामीलाई प्रशासनमा पूर्ण विश्वास छ।

About Author

Advertisement