भूतपूर्व सैनिकको निधनमा कारगिल एनजीओद्वारा श्रध्दाञ्जली अर्पण

IMG-20230516-WA0243.jpg

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिमरिङ निवासी भूतपूर्व सैनिक नरेन्द्र तामाङको निधनमा भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओद्वारा श्रध्दाञ्जली अर्पण गरिएको छ। सिमरिङ निवासी भूतपूर्व सैनिक नरेन्द्र तामाङ चौथो बटालियनमा कार्य गरेपछि अवकाशप्राप्त भएका थिए भने उनी भूतपूर्व सैनिकहरूद्वारा घैयाबारीमा गठित कारगिल एनजीओको सदस्य थिए। आफ्नो सदस्यको निधनमा कारगिल एनजीओको प्रतिनिधिहरू घैयाबारीबाट सिमरिङ पुगेर नरेन्द्र तामाङको अन्तिम यात्रामा सामेल भएर अन्तिम श्रध्दाञ्जली पनि अर्पण गरेका थिए। कारगिल एनजीओको पक्षबाट शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै शोक समवेदना पत्र पनि परिवार पक्षलाई प्रदान गरेका थिए। भूतपूर्व सैनिक एंव आफ्नो संगठनको सदस्य नरेन्द्र तामाङ विषयमा भूतपूर्व सैनिक एंव कारगिल एनजीओको सचिव रमेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका गराउँदै नरेन्द्र तामाङको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरिएको र परिवार पक्षसित कारगिल एनजीओ सदैव साथमा रहने बताएका छन्। उनले शोकित परिवारमा ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको पनि बताएका छन्।

About Author

Advertisement