नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईपीएल २०२७-को सीजन समयदेखि अघि शुरु गर्ने विचार गरिरहेको छ। बोर्डका सचिव देवजीत सैकियाले बताएअनुसार, देशको अधिकांश हिस्सामा मईमा हुने भीषण गर्मीबाट बाँच्न आउँदो साल आईपीएल १० मार्चदेखि १५ मईसम्म आयोजित गर्नेमाथि विचार गरिँदैछ। यसको साथमा उनले अन्तर्राष्ट्रिय स्तरमा व्यस्त कार्यक्रमलाई ध्यानमा राखेर म्याचहरूको संख्या ७४ नै रहने अनि यसलाई बढ़ाएर ९४ नगरिने पनि स्पष्ट गरेका छन्। साधारणत आईपीएलको सीजन मार्चको अन्तिम हप्तामा शुरु भएर मईको अन्तसम्म चल्छ। आईपीएलको सीजन समय अघि शुरु गरिए खेलाड़ीहरू र दर्शकहरू दुवैलाई फाइदा हुने सैकियाले बताएका छन्। उनले भने, यस साल आईपीएल २८ मार्चदेखि शुरु भएर ३१ मईसम्म चलेको थियो। १५ मईपछि टुर्नामेण्टको अन्तिम चरणमा वर्षा या मनसून अघिको मौसमले खेलमा वाधा पुऱ्याउने अशंका रहेको विषयमा हामीले चर्चा गरिरहेका छौं। यसबाहेक त्यस समय भीषण गर्मी हुन्छ। यसले खेलाड़ीहरूका साथमा दर्शकहरूलाई पनि समस्या हुन्छ। मईको अन्तिम चरणमा हुने भीषण गर्मीबाट बाँच्न पनि टुर्नामेण्ट २ हप्ता अघि शुरु गर्ने विषयमा सोचविचार गरिँदैछ। यसबारे हाम्रो आईपीएल सञ्चालन परिषदसँग कुराकानी चलिरहेको छ। यसको साथमा सैकियाले आईपीएलमा म्याचहरूको संख्या बढ़ाउन नसकिने पनि बताए। उनले भने, अहिले त यो सम्भव छैन कारण हामीले विभिन्न देशहरूबाट आउने खेलाड़ीहरू सम्बन्धित अन्य धेरै मामिलाहरूमाथि पनि विचार गर्नु पर्नेछ। धेरै मुश्किलहरूको सामना गरेपछि हामीलाई २ महिनाको अवधि प्राप्त भएको छ। यसलाई २ महिनाभन्दा अधिक बढ़ाउन सकिँदैन कारण अन्य देशहरूले पनि द्विपक्षीय सीरीजहरू खेल्नु पर्छ।









