शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई लिएर विशेष शिविर आयोजित

IMG-20240321-WA0211.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रमा आज शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई लिएर विशेष शिविर रिनाक प्राथमिक चिकित्सा केन्द्रमा आयोजना भयो। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको निर्देशमा आयोजित यस शिविरको आयोजना महिला एवम वाल विकास विभाग र स्वास्थ्य विभागको संयुक्त पहलमा भएको थियो। कार्यक्रममा विशेष गरेर सामाजिक कल्याण विभागका अनि सिङताम अस्पतालका अधिकारीहरूले सहभागिता जनाएका थिए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई घर घरमा सेवा पुऱ्याउनु रहेको थियो।

About Author

Advertisement