दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा बुधवार दुईवटा म्याच खेलियो। यी दुवै म्याच दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको थियो। लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको दिनको पहिलो म्याचमा भिजन फूटबल क्लबले सिंगतोम युनाइटेड फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सुबेश राईले १८औं, अर्जुन राईले ३८औं, दिपु थापाले ६७औं र गौतम थापाले ७०औं मिनटमा गोल गरे। यसरी सिंगतोम युनाइटेडबाट सुरज थापाले नवौं र ६९औं मिनटमा २ गोल गरे। दोस्रो म्याचको विवादित अन्त भयो, जसमा बीच गाउँ स्पोर्टिंग क्लबले पोख्रेबुंग फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। म्याचको अन्तिम क्षणमा विपक्षी टीमलाई पेनल्टी प्रदान गरिँदा पोख्रेबुंग एफसी-को टीमले रेफरीको फसेलाको विरोध गर्दै मैदान छोड़्यो। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।











