भाषा मान्यता दिवस: नेपाली भाषाको संरक्षण र पुस्तान्तरण हाम्रो साझा दायित्व: मुख्यमन्त्री तामाङ​

63c44d15-dfdd-4b60-8417-76c525f5e438

गान्ताेक: भाषा मान्यता दिवस–२०२६ को पावन एवं ऐतिहासिक अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले
सम्पूर्ण सिक्किमेली जनसमुदाय तथा विश्वभर छरिएर रहेका नेपाली भाषाप्रेमीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले स्थान प्राप्त गरेको यस ऐतिहासिक दिनलाई भाषा, साहित्य, संस्कृति र सामूहिक पहिचानका दृष्टिले अत्यन्त गौरवपूर्ण मानिएको छ।
​यस पुनित अवसरमा मुख्यमन्त्री तामाङले
नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन अमूल्य योगदान, त्याग र समर्पण गर्ने अग्रज साहित्यकार, भाषाविद्, विद्वान्, स्रष्टा, अभियन्ता एवं नेताहरूप्रति उच्च सम्मान र कृतज्ञता प्रकट गरे।
​भाषा केवल संवादको माध्यम मात्र नभई इतिहास, सभ्यता र पहिचानको जीवन्त आधार भएको उल्लेख गर्दै नयाँ पुस्तामा मातृभाषाप्रतिको प्रेम, गौरव र जिम्मेवारीको भावना जागृत गराउनु सबैको साझा कर्तव्य भएको उनले बताए।
सिक्किम सरकारले नेपालीसहित राज्यका सबै भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई सदैव उच्च प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता मुख्यमन्त्री तामाङले व्यक्त गरे।

About Author

Advertisement