भालेडुङ्गा साहित्यिक मञ्चको नयाँ कार्यकारी समिति गठित

n62513574917227914165261a2cb85ce0f39b0dc6c60a4555cf39c2300e9f4777cd9bd91c53fc1e456b5c6c

गान्ताेक: याङयाङ भालेढुङ्गा साहित्यिक मञ्चको वार्षिक आम सभा लगायत कार्यकारिणी समितिको चुनाव आज सम्पन्न भयो। मञ्चका अधिकांश आजीवन सदस्यलगायत वार्षिक सदस्यहरूको उपस्थितमा सम्पन्न भएको सभाको अध्यक्षता मञ्चका सल्लाहकार आर के बस्नेतले गरे। सभामा चुनाव समितिका अध्यक्ष बिबी सुब्बा इजम र सदस्य पुष्पराज ढुङ्गेलले पनि उपस्थिती थियो। सम्पादक गोपाल ढकालले सञ्चालन गरेको कार्यक्रममा विविध विषयमा चर्चा गरियो। पुरानो कार्यकारिणी समितिको दुई वर्षको कार्यकाल समाप्त भए पश्चात् नयाँ कार्यकारिणी समितिको चयन निर्वाचन प्रक्रियाद्वारा गरिने निर्णय भयो। चुनाव समितिका अध्यक्ष बिबी सुब्बा इजमले सो प्रक्रियाको सञ्चालन गर्ने क्रममा नयाँ कार्यकारिणी समितिका अध्यक्ष, उपाध्यक्ष (प्रशासनिक) उपाध्यक्ष (साहित्यिक), सह-सचिव, कोषाध्यक्ष, सह-कोशाध्यक्ष अगावै निर्बिरोध निर्बाचित भइ सकेको जानकारी गराए। महासचिवको पदको निम्ति चुनाउ भयो। यसअन्तर्गत जम्मा दुई प्रत्याशी आरएस भण्डारी र डिके खातीका लागि मतदान भयो। प्रचार सचिवको पदका निम्ति भने कसैले नामाङ्कन दर्ता नगरेको कारण सो पदको निम्ति कसैलाई मनोनित गर्ने चुनाव समितिको नियम अनुरूप सर्वसम्मतिले आचल पोख्रेललाई उक्त पदमा मनोनित गरियो। नवगठित कार्यकारिणी समितिमा अध्यक्ष पिएल दंगाल उपाध्यक्षहरु गिताश्री शर्मा, मिनामाया लिम्बू, महासचिव आरएस भण्डारी, विष्णु प्रसाद भण्डारी (सहसचिव), टिपी गौतम (कोषाध्यक्ष) लगायत अन्य दुईजनालाई कार्यकारी समितिमा सामेल गरिएको छ।

About Author

Advertisement