भारी वर्षाले रिम्बिक लोधोमा क्षेत्रको फेन्चेटार जाने बाटो बाधित

ea7934b0-bd34-445a-b379-397760392540

पैह्रोले लगभग आधा दर्जन परिवार प्रभावित

दार्जिलिङ: विगत केही दिन यता लगातार परेको मुसलधारे वर्षाका कारण दार्जिलिङ जिल्लाको सुदुरवर्ती रिम्बिक लोधोमा क्षेत्र अधीनस्थको लोधोमा दुई ग्रामको फेन्चेटार जाने मुख्य सडक भत्किन्दा यातायात पु्ूर्णतः बाधित बनेको छ। यस पैह्रोको कारण आधा दर्जन परिवारहरु विस्थापित हुने खतरामा पुगेका छन्। स्थानीय फेदी खोलामा आएको बाढी र तीव्र बहावले सडकका विभिन्न भाग बगाएर तहसनहस बनाएपछि बाटो पुर्णतः बाधित बनेको छ भने पहिरोको कारण बाटो नजिकै रहेको आधा दर्जन परिवारमा हाल विस्थापित हुने खतरा बढेको छ। यद्यपि पानी निरन्तर परेमा अन्य परिवारहरु पनि विस्थापित हुने खतरा बढेको छ। विस्थापित हुने खतरा बढेकाहरूमा स्थानीय भरत लिम्बू, अजित लिम्बु, बलराम लिम्बू सुबाहाङमा लिम्बु सगै लोवर फेन्चेटार बजार निवासी सुन्दर लिम्बू तथा रुद्र लिम्बु प्रमुख छन्। यसैबीच घटनाको खबर सुन्न साथ भाजपा जिल्ला कमिटीका एक टोलीले स्थलगत भ्रमण गरेर वास्तविकता बारेमा नजीकबाट हेर्दै यस प्राकृतिक आपदाबाट माथि उठाउन सम्बन्धित विभागसँगै विधायक एवं सांसदले यथाशीघ्र पहल गर्नुपर्ने अपील गरेका छन्। यसको साथमा पुनर्निर्माणमा सरकारी अधिकारीहरुको उदासीनताप्रति भाजपाले सहन नगर्ने प्रतिनिधि टोलीको पक्षमा क्षेत्रका पूर्व सभासद तथा भाजपा जिल्ला कमिटी सदस्य प्रकाश गुरुङले बताएका छन्। उनी अनुसार विगतका समयमा सरकारी अधिकारीहरुकै उदासिनताका कारण सरकारी कामकाजमा संतोषजनक काम नभएकोले नै धेरै स्थानहरुमा सर्वसाधारणले दु:ख पाइरहेका छन् जो अब उसो पटक्कै हुने दिइने छैन। नारी शक्ति जिल्ला समिति सदस्य निर्मला शर्मा एव जिल्ला कमिटी सदस्य प्रकाश गुरुङको नेतृत्वमा गएको टोलीमा मण्डल अध्यक्ष कुमार राई लोधोमा दुई ग्राम उपप्रधान एव स्थानीय वार्ड सदस्य सन्चराम सुब्बा लगायत स्थानीय कार्यकर्ताको बिशेश रूपमा उपस्थिति थियो। उल्लेखनीय छ,यस सडकमार्फत लोधोमा ग्रामका लगभग आधा दर्जन गाउँका बासिन्दाले दैनिक आवतजावत गर्ने गरेका छन्। सडक क्षतिग्रस्त भएपछि स्थानीयवासीहरूलाई आवतजावतका साथै दैनिक उपभोग्य सामग्री ओसारपोसारमा समेत समस्या उत्पन्न भएको छ। विशेष गरेर सडक चुडिनाले नगदे सब्जी इस्कूसको बजारीकरणमा ठुलो सकट देखा परेको छ।

About Author

Advertisement