​भारी वर्षाले पुर्‍याएको क्षतिको आँकलन गर्न नाथाङ-माछोङ निर्वाचन क्षेत्रमा संयुक्त निरीक्षण सम्पन्न

FB_IMG_1781889363426

पाकिम: गत राति परेको भारी वर्षाका कारण नाथाङ-माछोङ निर्वाचन क्षेत्रका विभिन्न क्षेत्रमा पुगेको क्षतिको आँकलन गर्न आज एक संयुक्त निरीक्षण टोलीले प्रभावित क्षेत्रको भ्रमण गरेको छ।
​निरीक्षण टोलीमा नाथाङ-माछोङका विधायकका ओएसडी एम.बी. गुरुङ, पाकिमका महकुमा अधिकारी (एसडीएम) एन.के. भण्डारी, डीपोओ टी.आर. क्षेत्री, पीएमजीएसवाई का एई दीपक गुरुङ, भवन तथा आवास विभागका अधिकारीहरू र स्थानीय पञ्चायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
​निरीक्षणका क्रममा टोलीले भारी वर्षाका कारण भौतिक पूर्वाधार र आवासीय सम्पत्तिमा क्षति पुगेका विभिन्न स्थानहरूको प्रत्यक्ष अवलोकन गर्‍यो। प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्‍याउने उद्देश्यका साथ घटनास्थलमै त्रिपाल र पोलिथिन पाइप (पोलि पाइप) वितरण गरिएको छ।
​यसका साथै, लिङ्के क्षेत्रमा एउटा ठूलो ढुङ्गाका कारण एक स्थानीयको घर जोखिममा परेको पाइएपछि टोलीले भवन तथा आवास विभागका अधिकारीहरूलाई उक्त ढुङ्गा तत्काल हटाउन निर्देशन दिएको छ।
टोलीले प्रभावित परिवारहरूको सुरक्षा सुनिश्चित गर्दै आगामी दिनमा आइपर्ने समस्याहरू समाधानका लागि आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन समेत दिएको छ।

About Author

Advertisement