सिलगढी: भारी वर्षाका कारण उत्तर बंगाल विश्वविद्यालय भित्र दुई ठूला रूखहरू ढलेका छन्। यस क्रममा विश्वविद्यालयका विद्यार्थी र शिक्षकहरू केहीबेर भागेका थिए। सिलगढीमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। शुक्रबार बिहानैदेखि भारी वर्षा भइरहेको छ। यो बर्षाका कारण उत्तर बङ्गाल विश्वविद्यालय भित्रका २ ठूला रुखहरू अचानक ढलेका छन्। यस क्रममा त्यहाँबाट गुज्रिरहेका विश्वविद्यालयका विद्यार्थी र शिक्षकहरू भने जोगिएका थिए। घटना शुक्रबार दिउँसो भएको हो। केही बेरमा क्षेत्रमा सनसनी फैलियो। प्रशासनले रुख काटेर सरसफाईको काम सुरु गरेको छ।










