भारत र बङ्गलादेशबीच कुशियारा नदीको जल विभाजनसहित सात समझौताहरूमा हस्ताक्षर

00-A

नयाँ दिल्ली: भारत र बङ्गलादेशबीच मङ्गलबार कुशियारा नदीको जल विभाजनसहित सात समझौताहरूमा हस्ताक्षर गरियो। भारत-बङ्गलादेशले रेलवे कनेक्टिविटी र आईटी प्रौद्योगिकीमा सहयोग, कुशियारा नदी जल विभाजन, न्यायिक सेवाहरूमा क्षमता निर्माण सहयोग, वैज्ञानिक र अनुसन्धान सहयोग, अन्तरिक्ष प्रौद्योगिकीमा सहयोग र प्रसार भारती तथा बङ्गलादेश टेलीविजनबीच सहयोगसित जुड़ेका सात समझौता ज्ञापनमा हस्ताक्षर गरियो। प्रधानमन्त्री नरेन्द्र मोदी र भारत यात्रामा आएकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनाबीच यहाँ हैदराबाद हाउसमा द्विपक्षीय वार्ता सम्पन्न भयो। वार्तापछि दुवै नेताहरूले साझा प्रेसवार्तालाई सम्बोधित गरे अनि दुवै देशबीच भएको समझौताहरूको आदान-प्रदान गरियो।

प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनाले संयुक्त रूपमा मैत्री सुपर थर्मल पावर प्रोजेक्टको यूनिट-१ को अनावरण गरे। यसलाई भारतको रियायती वित्तपोषण योजनाअन्तर्गत निर्मित गरिन्दैछ। यस परियोजनाले बङ्गलादेशको राष्ट्रिय ग्रिडमा १३२० मेगावाट जोड्नेछ। यस बाहेक मल्टीमोडल कनेक्टिवीटलाई अघि बढ़ाउन, दुवै देशका नागरिकहरूबीच सम्पर्क बढ़ाउन र क्षेत्रीय आर्थिक एकीकरणलाई सुगम बनाउनका लागि दुवै नेताले संयुक्त रूपमा ५.१३ किमीको रूपा रेल पुलको उद्घाटन गरे। यो ६४.७ किमी खुलना-मोङ्गला पोर्ट ब्रड गज रेल परियोजनाको एक महत्वपूर्ण हिस्सा हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणमा कुशियारा नदी जल विभाजनलाई लिएर भएका महत्वपूर्ण समझौताको उल्लेख गर्दै भने, ‘यसबाट भारतमा दक्षिणी असम र बङ्गलादेशमा सिलहट क्षेत्रलाई लाभ पुग्नेछ। यस्ता ५४ नदीहरू छन्, जो भारत-बङ्गलादेश सीमा भएर बग्छन् र शताब्दीऔंदेखि दुवै देशका मानिसहरूको आजीविकासित जुड़ेका छन्। यी नदीहरू, यिनीहरूबारे लोक-कथाहरू, लोक-गीत, हाम्रो साझा संस्कृतिक विरासतको पनि साक्षी रहेका छन्। आज बङ्गलादेश भारतको सबैभन्दा ठूलो विकास भागीदार हो र क्षेत्रमा हाम्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो। हाम्रो घनिष्ठ सांस्कृतिक र मानिसहरूबीच सम्बन्धहरूमा पनि निरन्तर वृद्धि भएको छ। मलाई पूरा विश्वास छ, आउँदो २५ वर्षमा अमृत कालमा भारत-बङ्गलादेश मित्रताले नयाँ शिखरहरूलाई छुनेछl’

सम्झौताहरूको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘हामीले आईटी, अन्तरिक्ष र नाभकीय उर्जा जस्ता क्षेत्रहरूमा पनि सहयोग बढ़ाउने निश्चय गरेका छौं। हाम्रा युवा पीढ़ीले यसमा रूचि राख्दछ। हामी जलवायु परिवर्तन र सुन्दरबन जस्ता साझा धरोहरहरूलाई संरक्षित राख्नमाथि पनि सहयोग जारी राख्नेछौं। आज हामीले आतङ्कवाद र कट्टरवाद विरूद्ध सहयोगमाथि पनि जोड दियौं। १९७१  को भावनालाई जीवन्त राख्नका निम्ति हामीले यस्ता शक्तिहरूको मिलेर सामना गर्नु धेरै आवश्यक छ, जसले हाम्रो आपसी विश्वासमाथि आघात पुऱ्याउन चाहन्छl’

About Author

Advertisement