नयाँ दिल्ली: भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन र तान्जानियाको जञ्जिबारका राष्ट्रपति डा. हुसेन अली म्विन्याीबीच नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा द्विपक्षीय भेटवार्ता भएको छ। दुई नेताबीच व्यापार, लगानी, पर्यटन र शिक्षा क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको हो।
भेटका क्रममा दुवै पक्षले भारत र तान्जानियाबीचको लामो समयदेखिको साझेदारी तथा जञ्जिबारसँगको सदियौँ पुरानो सामुद्रिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। बैठकमा व्यापार, लगानी, विकास साझेदारी, पर्यटन, ब्लू इकोनोमी (सामुद्रिक अर्थतन्त्र), शिक्षा, प्रविधि र बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउने उपायबारे छलफल भएको थियो।
शैक्षिक सहकार्यको सराहना
जञ्जिबारका राष्ट्रपति डा. म्विन्याीले चेन्नईस्थित आईआईटी मद्रासको भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै जञ्जिबारमा ‘आईआईटी मद्रास जञ्जिबार क्याम्पस’ स्थापना गर्न भारतले गरेको सहयोगको उच्च सराहना गरे। उनले यस ऐतिहासिक पहलका साथै खानेपानी आयोजना, भारतीय सांस्कृतिक संबंध परिषद
(आईसीसीआर) छात्रवृत्ति र भारतीय तकनीकी र आर्थिक सहयोग(आईटीईसी) तालिम कार्यक्रमहरूमा भारतले पुर्याउँदै आएको सहयोगप्रति आभार प्रकट गरे।
भेटमा भारतले तान्जानिया र जञ्जिबारको विकास आकांक्षालाई पूरा गर्न प्राथमिकताका क्षेत्रहरूमा साझेदारी र सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।











