सिलगढी: सहिद वेदीमा दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नको साथै ऱ्यालीको माध्यमद्वारा ८१औं भारत छोडो आन्दोलन दिवस पालन गरियो। सिलगढी थाना संलग्न इलाकाबाट एउटा पदयात्रा निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि सिलगढीको प्रधान डाकघर अघि गान्धीजीको सालिगमा पुगेर समापन गरियो।
जिल्ला कङ्ग्रेसका नेतृत्वहरूले गान्धीजीको सालिगमा फुल चढाएर श्रद्धा सुमन अर्पण गरे । उक्त पदयात्रामा पूर्व सांसद प्रदीप भट्टाचार्य, सर्व भारतीय कङ्ग्रेस कमिटीका सचिव बीपी सिंह, दार्जिलिङ जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकार, सिलगढीका पूर्व मेयर गङ्गोत्री दत्ता उपस्थित थिए।










