भारतीय हकीमा विवाद

IMG-20260804-WA0046

टोलीलाई तयार नगरेर छुट्टी बिताउनमा व्यस्त प्रशिक्षक शोर्ड मारिन

नयाँ दिल्ली: भारतीय हकी अहिले विवादहरूले घेरिएको छ। सुन्तले (केसरी) रंगको जर्सीलाई लिएर विवाद समाप्त नभइ विश्व कपको ठीक अघि मुख्य प्रशिक्षकलाई छुट्टी दिएको नयाँ विवादले खलबली शुरु भएको छ। विश्व कप १४ अगस्तदेखि नीदरल्याण्ड र बेल्जियममा हुनेछ। यसबीच महिला हकी टोलीका मुख्य प्रशिक्षक शोर्ड मारिन चाहिँ खेलाड़ीहरूसँग रहनुको सट्टा २० दिनको अवकाशमा रहेका छन्। सलीमा टेटे-की कप्तानीमा महिला टोली आफ्नो पहिलो खिताबको निम्ति पसिना बहाइरहेको छ। यस्तो समयमा टोलीसँग रहनुको सट्टा मारीन चाहिँ १२ जुलाईदेखि निजी पारिवारिक कारणहरूले गर्दा अवकाशमा छन् अनि उनी ६ अगस्तमा नीदरल्याण्डमा टोलीमा सामेल हुने सम्भावना छ। विश्व कप अघि भारतीय महिला टोलीले पहिला बेंगलुरुमा आयोजित राष्ट्रिय प्रशिक्षण शिविरमा हिस्सा लियो। त्यसपछि ३१ जुलाई र १ अगस्तमा जर्मनीविरुद्ध अभ्यास म्याच खेलेपछि अहिले नीदरल्याण्डमा अन्तिम तयारी गरिरहेको छ। यस अवधि टोलीका मुख्य प्रशिक्षकको अनुपस्थितिले प्रदर्शनमा असर गर्न सक्छ। विश्व कपमा भारतको पहिलो म्याच १६ अगस्तमा चीनविरुद्ध रहेको छ। भारतीय महिला टोलीले अहिलेसम्म विश्व कप जित्न सकेको छैन। साल १९७४-मा टोली चौथो स्थानमा रहेको थियो। त्यही नै टोलीको अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। रिपोर्टअनुसार, मारीनलाई हकी इण्डिया र भारतीय खेल प्राधिकरण (साई) दुवैले छुट्टीको अनुमति दिएको थियो। उनको अनुपस्थितिमा टोलीको जिम्मेवारी विश्लेषणात्मक प्रशिक्षक माथियास विलाले सम्हालिरहेका छन्। एफआईएच र हकी इण्डियाका पूर्व अध्यक्ष नरिन्दर बत्राले भने, सबैभन्दा पहिला त पुरुष टोलीको कार्यकालमा कथित दुर्व्यवहारलाई लिएर मानहानिको मुद्दा दायर भएपछि उनलाई फेरि नियुक्त नगरिनु पर्ने थियो। यसरी विश्व कप जस्तो ठूलो टुर्नामेण्ट अघि छुट्टी दिने घटनाले हकी इण्डियाको गैर-गम्भीर मानसिकतालाई दर्शाउँछ। यसरी पुरुष हकी टोलीका पूर्व कप्तान पीआर श्रीजेशले भने, ठूलो टुर्नामेण्ट अघि प्रशिक्षकले छुट्टी लिनु हुँदैन। पेनल्टी कर्नर, सेट-पीस र शूटआउट जस्ता रणनीतिहरूमाथि अन्तिम तयारी गर्ने प्रशिक्षकसँग यही मौका हुन्छ।

About Author

Advertisement