भारतीय संविधान र राम-राजबारे दुई दिवसीय संगोष्ठी शुरू

IMG-20241128-WA0244

गान्तोक: उत्तर पूर्व क्षेत्रीय केन्द्र- भारतीय ऐतिहासिक अनुसन्धान परिषद् गुवाहाटी र सिक्किम विश्वविद्यालयको सहकार्यमा आजदेखि राजधानीस्थित चिन्तन भवनमा भारतीय संविधान र राम-राजबारे दुई दिवसीय संगोष्ठी शुरू भयो। यस अवसरमा सिक्किम विश्वविद्यालयका उपकूलपति ज्योति प्रकाश तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने डा. बालमुकुन्द पाण्डे, प्रमुख वक्ताको रूपमा प्रफुल्ला केटकार र प्रोफेसर हिमांशु कुमार चतुर्वेदी रहेका थिए। ‘राम राज’, प्राचीन भारतीय दर्शनमा निहित अवधारणा, भारतको संविधानले परिकल्पना गरेको आदर्श शासनको प्रतिक हो। यसले प्रस्तावनामा निहित न्याय, समानता र कल्याणका सिद्धान्तहरूलाई मूर्त रूप दिन्छ। ‘राम राज’ को लागि प्रयास गर्नु भनेको भारतीय संविधानका मूल्यमान्यता र आदर्शहरूलाई कायम राख्ने प्रतिबद्धतालाई पुन: पुष्टि गर्नु हो।
दुईदिने गोष्ठीमा भारतीय संविधान निर्माण, मूल प्रतिमा चित्रण, ‘भारतीय’ ग्रन्थमा झल्किएका दार्शनिक परम्परा, सांस्कृतिक निरन्तरताको विशेष सन्दर्भमा संविधानमा समेटिएका मूल्य–मान्यता लगायतका विषयमा छलफल हुने मुख्य विषय रहेको छ।

About Author

Advertisement