भारतीय महिला ब्याडमिण्टन टीम उबेर कपबाट बाहिर

IMG-20260428-WA0052

नयाँ दिल्ली: भारतले उबेर कपमा १६ पल्टको च्याम्पियन चीनविरुद्ध ०-५-ले हारको साथ यस प्रतिष्ठित ब्याडमिण्टन टुर्नामेण्टबाट बिदा लियो। २ पल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले मौकाको फाइदा उठाउन सकिनन् भने अन्य खेलाड़ीहरू पनि महत्त्वपूर्ण क्षणहरूमा असल प्रदर्शन गर्न विफल भइन्। भारतीय महिला टीमले आयोजक डेनमार्कविरुद्ध २-३ ले हारको साथ शुरुवात गरे पनि युक्रेनविरुद्ध ४-१-ले जीतको साथ क्वार्टर फाइनलमा पुग्ने सम्भावनाहरूलाई जीवित राखेको थियो। सिन्धूले भारतको निम्ति शुरुवात गरिन् अनि निर्णायक सेटमा १८-१२-ले अघि थिइन् तर अन्तमा उनी विश्वकी दोस्रो नम्बरकी खेलाड़ी वांग झियीविरुद्ध १६-२१, २१-१९, १९-२१ ले पराजित भइन्। त्यसपछि प्रिया कोङजेंगबम र श्रुति मिश्राले पहिलो युगल म्याचमा लियू शेंग शू र टेन निंगकी विश्वकी नम्बर एक जोड़ी विरुद्ध ११-२१, ८-२१-ले हारको सामना गर्नु पऱ्यो। ईशारानी बरुआले टोक्यो ओलम्पिक च्याम्पियन चेन युफेईविरुद्ध कड़ा चुनौती पेश गरे पनि ४४ मिनटसम्म चलेको म्याचमा २२-२०, २१-१३-ले पराजित भइन्। दोस्रो युगलमा त्रिसा जली र कविप्रिया सेल्वमकी जोड़ीले ५९ मिनटसम्म चलेको रोमाञ्चक म्याचमा लूओ जू मिन र झांग शू जियानविरुद्ध १०-२१, २१-१२, १९-२१-ले हारको सामना गर्नु पऱ्यो। अन्तमा विश्व ऱ्याङकिंगमा ४३औं नम्बरमा रहने देविका सिहागले असल शुरुवातपछि तेस्रो एकल म्याचमा विश्वकी ९७औं नम्बरकी खेलाड़ी जू वेन जिंगविरुद्ध २१-१९, १७-२१, १०-२१-ले हारको सामना गर्नु पऱ्यो। भारतको नजर अब पुरुष टीममाथि रहनेछ, जसले थोमस कपमा ग्रुप ए-मा आफ्नो अन्तिम भिड़न्तमा चीनको सामना गर्नेछ।

About Author

Advertisement