भारतीय जनता पार्टी द्वारा रेली तथा ज्ञापन

सिलगढी: प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै भाजपाले विरोध रेली निकाल्यो। बिन्नागढी मण्डल भाजपा ले आज यालीको माध्यमद्वारा खोरीबारी रानीगञ्ज रानीगञ्ज पानीशाली ग्राम पञ्चायत प्रधानसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। भाजपाको आरोप अनुसार प्रधानमन्त्री आवास योजनाको तालिकामा तृणमूल कङ्ग्रेसका नेताहरूको नाम रहेको छ। भाजपालाई समर्थन गर्ने मानिसहरूको नाम आवास योजनाको तालिकाबाट काटिदिएको छ। आवास योजनाको लागि गाउँ-गाउँमा गएर सर्वे गरेर योग्य साधारण मानिसहरूलाई घर बनाइदिइनुपर्ने तिनीहरूले माग गरे। यसो नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने भाजपाका नेतृत्वहरूले चेताउनी दिएका छन्। आवास योजना मार्फत् घर पाउनुपर्ने योग्य मानिसले नै घर पाउनेछ भन्दै रानीगञ्ज पानीशाली ग्राम पञ्चायत प्रधानले बताए।

About Author

Advertisement