भारतीय जनता पार्टीमा पूर्व हिल तृणमूल अध्यक्ष राजेन मुखिया सामेल

दार्जीलिङ: राजेन मुखिया हिल तृणमूल कांग्रेसका पूर्व अध्यक्ष आज भारतीय जनता पार्टीमा सामेल भएका छन्। राजेन मुखिया सहित पूर्व गोजमुमो केन्द्रिय समिति सदस्य पराग शर्मा, शिक्षक प्रकाश खनाल, पूर्व तृणमूल कांग्रेस सदस्य किशोर प्रधान र इन्द्र कमला विश्वकर्म पनि आज भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरुलाई दार्जीलिङका भाजपा सांसद राजु विष्टको बाहुलीबाट भारतीय जनता पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। एक समय हिल तृणमूल कांग्रेसको शक्तिशाली नेता मानिने राजेन मुखिया विगत केही वर्षदेखि यता राजनीतिमा निष्क्रिय रहेका थिए। गत वर्ष सम्पन्न भएको जीटीए चुनाउमा राजेन मुखियाले सुकना पानीघट्टा समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड़ेका थिए। उनी आजदेखि भारतीय जनता पार्टीमा सामेल भएपछि पहाड़को राजनीतिमा नयाँ मोड़ आउन सक्ने सम्भावना देखिएको छ।

About Author

Advertisement