भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा मिलिङ क्षेत्रका एक्काइस परिवार सामेल

सोनादा: मिलिङ क्षेत्रको विभिन्न पार्टीका २१ घर-परिवारका सदस्यहरूले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्। मिलिङको नम्बर ३२१ को पहलमा गरिएको यस समर्थन कार्यक्रममा भागोप्रमो रंगबुल जोनको महासचिव पेमा लामाको उपस्थिति रहेको थियो।यस कार्यक्रममा बुथ नम्बर ३२१ का अन्य कार्यकारिणी र पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बुथ सचिव कुञ्जला वाईबाले सञ्चालन गरेका यस समर्थन कार्यक्रमलाई बुथ सभापतिले भागोप्रमो पार्टीमा सामेल हुने सबै जनालाई खदा लगाइ दिएर हार्दिक स्वागत जनाउँदै सबै मिलेर आफ्नो गाउँ घरको विकास गर्नुपर्छ भनि बताए। यस अवसरमा भागोप्रमो-को बुथ स्तरीय नारी शक्ति पनि गठन गरियो। उक्त कमिटीमा सभापति रिया प्रधान, उप सभापति संजा तामाङ, सचिव अर्पना मुखिया, सह सचिव रेणु गुरूङ, कोषाध्यक्षा प्रिति गुरुङ लगायत अन्य चयन भएका छन्।

About Author

Advertisement