भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दोस्रो स्थापना दिवस ९ सेप्टेम्बरमा हुने

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी ९ सेप्टेम्बरको दिन आफ्नो स्थापना दिवस मनाउने भएको छ। उक्त स्थापना दिवस केन्द्रिय स्तरमा खरसाङमा मनाइने भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले दार्जीलिङ अनि कालेबुङमा पनि स्थापना दिवसको समारोह आयोजना गरिने बताएका छन्।
पार्टी महासचिव अमर लामाले भने- ‘केन्द्रीय समितिका सदस्यहरूले खरसाङमा स्थापना दिवस मनाउने छन्। पार्टीको निम्ति यो पहिलो वर्ष चुनौतीपूर्ण रह्यो, छोटो समयमा हामीले दुइटा चुनावको सामना गर्नु पर्यो। दार्जीलिङ नगरपालिकाको चुनावमा पूर्ण सफलता प्राप्त गर्नु सकेनौं। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनावमा हामी पूर्ण रूपले सफल हुनु सक्यौं। जनताले उनीहरूको विश्वास हामीमाथि राख्नु भएको छ। जनताले हामीमाथि भरोसा राखेर जीटीएमा राख्नु भएको छ। हामीले चुनाव समयमा जुन काम गर्छौं भनेका थियौं हामी विस्तारै पूरा गर्दै जानेछौं।’
लामाले अघि भने, हामीले सरकारलाई पञ्चायत चुनाव मागेका थियौं। आज राज्य चुनाव आयोगले पुनः सीमांकन गर्ने आदेश जारी गरेको छ। जीटीएको निम्ति यो ठूलो उपलब्धि हो।

About Author

Advertisement