गान्ताेक: आईसीसी पुरुष टी२० विश्व कप २०२६ मा शानदार विजय हासिल गरेकोमा भारतीय क्रिकेट टोलीलाई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। यस उल्लेखनीय उपलब्धिसँगै इतिहासमा सबैभन्दा धेरै अर्थात् तेस्रो पटक उपाधि जित्ने टोलीका रूपमा पनि भारत स्थापित भएको व्यक्त गरे।
यसैगरी मुख्यमन्त्रीले यो ऐतिहासिक विजय करोडौँ समर्थकका लागि गर्वको क्षण बनेको महसुस गर्दै टोलीका खेलाडीहरूको समर्पण, उत्कृष्ट समन्वय र विश्वस्तरमा उत्कृष्टता हासिल गर्ने अटुट प्रयासको परिणामस्वरूप प्राप्त भएको यो सफलता खेलकुद इतिहासमा स्मरणीय उपलब्धिका रूपमा रहने विश्वास व्यक्त गरे।










