सञ्जु सेमसन र जसप्रीत बुमराहलाई विशेष पुरस्कार, फरहान सर्वाधिक रन बनाउने खेलाड़ी

photocollage_20263912167416

अहमदाबाद: आईसीसी टी२० वर्ल्ड कपमा भारतीय टीमले असाधारण प्रदर्शन गर्दै तेस्रोपल्ट खिताब जित्यो। फाइनलमा भारतले न्यूजील्याण्डलाई ९६ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यो भारतको लगातार दोस्रो टी२० वर्ल्ड कप खिताब हो। यस यादगार जीतमा भारतीय टीमका २ जना खेलाड़ीको प्रदर्शन सबैभन्दा धेर चर्चामा रह्यो। विकेटकीपर-ब्याटर सञ्जु सेमसनलाई असाधारण ब्याटिंगको निम्ति प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो। यसरी दिग्गज पेस बलर जसप्रीत बुमराहले प्लेयर अव् द म्याचको ट्रफी जिते। बुमराहले फाइनलमा ४ विकेट लिए। उतार-चड़ाउले भरिएको टी२० वर्ल्ड कपमा सेमसनले प्राप्त भएको मौकाहरूमा असाधारण प्रदर्शन गरे। उनले ५ वटा म्याचमा ३२१ रन बनाए अनि टुर्नामेण्टमा भारतको निम्ति सर्वाधिक रन बनाउने ब्याटर रहे। सेमसनले भारतको निम्ति फाइनलसहित लगातार ३ वटा म्याचमा ३ वटा अर्द्धशतक बनाए। फाइनलमा पनि उनले ४६ बलमा ८९ रनको यादगार ईनिंग्स खेलेर टीमलाई च्याम्पियन बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। सेमसनले यसअघि ईंग्ल्याण्डविरुद्ध सेमिफाइनलमा ८९ र वेष्ट इण्डिजविरुद्ध म्याच (भर्चुअल क्वार्टर फाइनल)-मा अविजित ९७ रन बनाएका थिए।
यसरी बुमराहले पूरा टुर्नामेण्टमा असाधारण बलिंग गरे। उनले १४ विकेटको साथ टुर्नामेण्टमा सर्वाधिक विकेट लिने बलरहरूमा स्थान बनाए। उनी वरुण चक्रवर्तीको साथ संयुक्त रूपले सर्वाधिक विकेट लिने भारतीय बलर रहे। फाइनलमा बुमराहले ४ ओभरमा केवल १५ रन खर्च गरी ४ विकेट लिएर न्यूजील्याण्डको चुनौतीलाई समाप्त गरे। सेमसन टी२० वर्ल्ड कपमा प्लेयर अव् द टुर्नामेण्ट बन्ने तेस्रो भारतीय हुन्। विराट कोहलीले २०१४ र २०१६-मा यस पुरस्कारलाई जितेका थिए। यसरी २०२४-मा बुमराहले पुरस्कार जितेका थिए। सुपर ८ राउण्डमै बाहिर भए पनि पाकिस्तानका साहिबजादा फरहान टुर्नामेण्टमा सर्वाधिक रन बनाउने ब्याटर रहे। उनले जम्मा ३८३ रन बनाए।

About Author

Advertisement