उत्तर भारताँ बाक्लो हुस्सुले जनजीवन प्रभावित हुने
नयाँ दिल्ली: नोभेम्बरको अन्तिम साता भारताको मौसममा दोहोरो प्रभाव देखिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार बिहीबार (नोभेम्बर २६) दक्षिण भारताका विभिन्न राज्याँ भारी वर्षा आउर तेज हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। यता, उत्तर भारताका दिल्ली, पन्जाब, हरियाणा आउर हिमाचल प्रदेशमा भने बाक्लो हुस्सु लाग्नुका साथै चिसो बढ्ने अनुमान छ।
पूर्वी वायुको प्रभावका कारण बिहीबार दक्षिण भारतीय राज्यहरूमा वर्षा आउर मेघगर्जनसहितको मौसमी गतिविधि सक्रिय रहनेछ। मौसम विभागले केरल, माहे, तमिलनाडु, पुडुचेरी आउर कराईकलका केही स्थानमा भारी वर्षाको चेतावनी जारी गरेको छ। तमिलनाडु, पुडुचेरी आउर कराईकल क्षेत्रमा मेघगर्जन आउर चट्याङसहित प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। यस्तै, आन्ध्र प्रदेश, लक्षद्वीप आउर दक्षिण आन्तरिक कर्नाटकका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षा आउर तेज हावा चल्ने अनुमान गरिएको छ।
उत्तर भारतका राज्यहरूमा वर्षाको सम्भावना नरहे पनि बिहानीपख लाग्ने बाक्लो हुस्सुले यातायात सञ्चालनमा कठिनाइ ल्याउने देखिएको छ। राजधानी दिल्ली, पन्जाब, हरियाणा आउर हिमाचल प्रदेशका केही भागमा बिहीबार बिहान बाक्लो हुस्सु लाग्ने आउर पारदर्शिता कम हुने भएकाले सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। बाक्लो हुस्सुका कारण पन्जाबमा सडक तथा रेल यातायातसमेत प्रभावित हुन सक्ने आकलन छ।
त्यस्तै, उत्तर प्रदेश, बिहार, राजस्थान आउर उत्तराखण्डमा भने मौसम मुख्यतया सफा आउर सुक्खा रहनेछ। यद्यपि, न्यूनतम तापक्रममा गिरावट आउने भएकाले यी राज्यहरूमा बिहान आउर बेलुकाको समयमा चिसोको महसुस भने बढ्नेछ।
मौसम पूर्वानुमानअनुसार बिहीबार नयाँ दिल्लीमा अधिकतम तापक्रम २५ आउर न्यूनतम ९ डिग्री सेल्सियस, मुम्बईमा अधिकतम ३२ आउर न्यूनतम १९, चेन्नईमा अधिकतम ३३ आउर न्यूनतम २४ तथा कोलकातामा अधिकतम २८ आउर न्यूनतम १८ डिग्री सेल्सियस रहनेछ। त्यसैगरी लखनउमा अधिकतम २७ आउर न्यूनतम १२, पटनामा अधिकतम २७ आउर न्यूनतम १९, जयपुरमा अधिकतम २९ आउर न्यूनतम १४, सिमलामा अधिकतम २१ आउर न्यूनतम ८ तथा नैनीतालमा अधिकतम २२ आउर न्यूनतम ८ डिग्री सेल्सियस तापक्रम रहने अनुमान गरिएको छ।





