भारतविरुद्ध दोस्रो टेस्टमा न्यूजील्याण्ड जीतको दिशामा अग्रसर

IMG-20241025-WA0185

पुणे: भारतविरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचमा पहिलो ईनिंग्सको आधारमा १०३ रनको बढ़त हासिल गरेपछि न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा टम लाथमको अर्द्धशतकको सहायताले दोस्रो दिनको खेल समाप्त हुँगासम्म ५ विकेटमा १९८ रन बनायो। यसरी समग्रमा ३०१ रनको बढ़तसहित न्यूजील्याण्ड टेस्ट म्याच जित्ने दिशामा अग्रसर भएको छ। शुक्रवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म टम ब्लण्डेल ३० र ग्लेन फिलिप्स ९ रनमा अविजित थिए। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा कप्तान लाथमले सर्वाधिक ८६ रन बनाए। उनले १३३ बल खेलेर १० वटा चौका लगाए। यसबाहेक विल यंगले २३ रनको योगदान दिए। पहिलो ईनिंग्समा ७ विकेट लिने भारतीय स्पिनर वाशिंगटन सुन्दर आज न्यूजील्याण्डको दोस्रो ईनिंग्समा पनि सफलतम बलर रहे। उनले जम्मा ४ विकेट लिए। अन्य एक विकेट रविचन्द्रन अश्विनले हासिल गरे। यसअघि बिहीवारको स्कोर १ विकेटमा १६ रनदेखि अघि खेल्न गर्ने भारतीय टीमको पहिलो ईनिंग्स आज १५६ रनमा समाप्त भयो। भारतीय ब्याटरहरूका स्पिन आक्रमण अघि दुर्बलता आज पनि उजागर भयो। शुक्रवार भारतले रहल ९ वटा विकेट स्पिन बलिंग अघि गुमायो। यसमा मिटेल सेण्टनरले ७ विकेट लिए। यसबाहेक ग्लेन फिलिप्सले पनि २ विकेट लिए। भारतको पहिलो ईनिंग्समा रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए। यसबाहेक ओपनर यशस्वी जयसवाल र शुभमन गिलले ३०-३० रनको योगदान दिए।

About Author

Advertisement