भाजपा समर्थित भारतीय टी वर्कर्स यूनियनको सभा

बानरहाट: भाजपा समर्थित भारतीय टी वर्कर्स यूनियनको शुक्रबार बानरहाट चमर्ची मोड़स्थित भाजपा दलीय कार्यालयमा एक सभा सम्पन्न भएको थियो| यो सभामा बीटीडब्लयूयू केन्द्रीय कमिटीका सभापति जुगल झा, सचिव राजेश बारला, किशोर विश्वकर्मा, जयराज विश्वकर्मा, जगदीश छेत्री,पारशनाथ बराइक लगायत विभिन्न क्षेत्रबाट आएका चियाबारीका श्रमिक प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो| मुख्यमन्त्रीद्वारा घोषणा गरिएको १५% हाजिरी वृद्धिको  विरोध गर्दै यो सभाको आयोजित गरिएको थियो|भारतीय टी वर्कर्स यूनियन सदैव न्यूनतम मजदूरीको निम्ति आन्दोलनरत छ र अघि पनि लड्ने छ| न्युनतम मजदुरीको निम्ति बैठकलाई लिएर कार्यक्रम सूची तैयार गर्ने एक कर्मसूची पनि तयार गरिएको छ| आजको यस सभामा २० जूनमा डुवर्स अनि तराईका प्रत्येक खण्ड विकास कार्यालयहरूमा ज्ञापन बुझाउने छ भने २२ अनि २३ जुन तराई डुवर्सको चियाबारीहरुमा गेट मिटिङ गरेर न्यूनतम मजदूरीको आन्दोलन गरिने साथै न्यूनतम मजदुरीको निम्ति बैठ्क नडाके आउँदो ३० जुनदेखि चियाबारी बन्द गर्ने  चेतावनी पनि केन्द्रिय सभापति अनि सचिव जुगल झा अनि राजेश बारलाले दिएका छन्|

About Author

Advertisement