भाजपा सत्तामा आए लक्ष्मी भण्डारको रकम तीन हजार पाउने शुभेन्दु अधिकारीको भनाइ

Shubendu-Adhikari

कोलकाता: आउँदो१२ फरवरी बुधबार पश्चिम बङ्गालको राज्य बजेट प्रस्तुत गरिनेछ। यस बजेटलाई लिएर सर्वसाधारणदेखि लिएर विपक्षी दलहरूमा धेरै उत्सुकता देखिएको छ। यस्तो उत्सुकता देखिएको कारण हो आउँदो वर्ष २०२६ मा पश्चिम बङ्गाल विधानसभाको चुनाव हुनेछl बजेट अघि भाजपाका नेता शुभेन्दु अधिका लक्ष्मी भण्डारलाई चर्चा ल्याएका छन्l यसमा राज्य सरकारले पाँच सय रुपियाँ मात्र बढाउने कुरा गर्दै पश्चिम बङ्गालमा भाजपा आए यसलाई तीन हजार रुपियाँ गर्ने बताएका छन्। पूर्वी मेदिनीपुरको महिषादलमा शनिवार भाजपाको जनसम्पर्क अभियानको दौरान शुभेन्दु अधिकारीले यसो भनेका हुन्। राज्य सरकारको ‘बङ्गला आवास’ योजनालाई  पनि उनले तारो बनाएका छन्l ‘यस योजना (बङ्गला आवास) अन्तर्गत राज्य सरकारले घर बनाउन एक लाख २० हजार रूपियॉं गरिबक लागि दिइरहेको छl यो रकम पुग्दो छैन।‘ गत वर्षको दिसम्बरमा १२.५ लाख परिवारलाई पहिलो चरणको सहायताअनुरुप ६० हजार रूपियॉं दिएको भए पनि एक लाख २० हजार रूपियॉंले घर निर्माण गर्न सम्भव नहुने शुभेन्दु अधिकारीले बताए। भाजपा सत्तामा आए राह्याका गरिब जनतालाई घर बनाउन  एक लाख ८० हजार लाख रूपियॉं अतिरिक्त दिने वचन उनले दिएका छन्। सरकारी सूचीमा नाम नभएकाहरूलाई पनि घर बनाउन ३ लाख रूपियॉं आर्थिक सहयोग प्रदान गर्ने उनले अर्को वचन दिएका छन्।

About Author

Advertisement