चर्को गर्मीमा बिहानको सिफ्टमा विद्यालय संचालन गर्न अनुरोध गर्दै भाजपाका विधायक शंकर घोषले राज्यका शिक्षामन्त्रीलाई लेखे पत्र

Screenshot_20240923_200213_WhatsApp

सिलगढी: चर्को गर्मीले पूरै शहरका जनता हैरानीमा परेका छन्। हिमालमा गर्मीले विगत ३० वर्षको कीर्तिमान तोडेको छ। यस्तो अवस्थामा सिलगढीका भाजपा विधायक शंकर घोषले स्कूलका विद्यार्थीहरूको बारेमा सोच्दै राज्य शिक्षामन्त्रीलाई पत्र लेखेका छन्। सोमबार सिलगढीको तापक्रम ३९ डिग्रीको करिब रहेको बताइएको छ। चर्को गर्मीले बालबालिका, वृद्धवृद्धा र विद्यालयका विद्यार्थी सास्तीमा परेका छन्। विधायक शंकर घोषले समस्या कम गर्न राज्यका शिक्षामन्त्री ब्रात्य बसुलाई पत्र लेखेका छन्। उत्तर बंगालमा लगातार तातो मौसमको विषयलाई उल्लेख गर्दै उनले आगामी केही दिन विद्यालयहरू बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने जानकारी दिएका छन्। उनका अनुसार केही दिनपछि पूजाको बिदा छ। यसका केही दिन अघि विद्यालय शुरु गर्दा विद्यार्थीहरूले धेरै लाभ उठाउने छन्।

About Author

Advertisement