भाजपा विधायक निरज जिम्बाद्वारा क्यान्सर रोगीलाई आर्थिक सहयोग

IMG-20230224-WA0277.jpg

खरसाङ: दार्जिलिङका विधायक निरज जिम्बाले मिरिक क्षेत्रको बुङकुलुङ बस्ती निवासी क्यान्सर रोगी जन्मिँदा लिम्बूलाई स्थानीय एनबी लिम्बूको घरमा भेटघाट गरी थप स्वास्थ्य जाँच गराउनको निम्ति आर्थिक सहयोग प्रदान गरे। जन्मिँदा लिम्बूलाई यसरी आर्थिक सहयोग प्रदान गरिदिएकोमा एन. बी. लिम्बूले सम्पूर्ण बुङकुलुङ वासीको तर्फबाट विधायक जिम्बाप्रति आभार प्रकट गरेका छन्। लिम्बुले जानकारी गराए अनुसार विधायक जिम्बाले बुङकुलुङवासीलाई विगतका दिनहरुमा शरीरमा लगाउने लुगाफाटा, तारपोलिन, शाल,ज्याकेट, लगायत चामल,तेल, सागसब्जीहरू पनि तिनको सहयोगमा वितरण गरिसकेका छन् साथै श्री निरज जिम्बा ले आगामी दिनहरूमा पनि य्स्ता धेरै सहयोग गर्ने वचन दिएका छन्।

About Author

Advertisement