भाजपा नेताहरूकाे राज्यपालसँग भेट

IMG-20230104-WA0165.jpg

कोलकता– राज्य विधान सभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारी र राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदार बुधबार राज्यपाल सीवी आनन्द बोसलाई भेट्न राजभवन पुगेका थिए। उल्लेखनीय छ कि बंगालमा बन्दे भारत एक्सप्रेस सुरु भएपछि कहिले मालदा र कहिले न्यू जलपाइगढीमा ढुङ्गा हानेका घटनाहरू भएका छन्। यसबाहेक पछिल्लो केही दिनयता राज्यका विभिन्न भागमा बम विष्फोट जस्ता घटना भइरहेका छन्। कूचबिहारदेखि वीरभूम, मालदादेखि पूर्वी मेदिनीपुरसम्म यी विस्फोटमा घाइते र मारिने समाचार आइरहेका छन्। बमलाई बल सम्झेर खेल्ने क्रममा विष्फोट हुँदा कैयौँ बालबालिकाको मृत्यु भएको थियो भने घाइते भएका थिए। भाजपा क्याम्प स्रोतअनुसार सुकान्त मजुमदार र शुभेन्दु अधिकारीले पञ्चायत निर्वाचनअघि विभिन्न क्षेत्रमा विस्फोटक पदार्थ बरामद भएको विषयमा राज्यपाललाई गुनासो गर्न सक्नेछन्। यसका साथै प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचारको आरोपले राज्यको राजनीतिमा हलचल मच्चाएको छ । राज्यमा एकपछि अर्को धेरै भ्रष्टाचार भइरहेका छन्, सुकान्त-शुभेन्दुले यसबारे राज्यपाललाई जानकारी गराउन सक्छन् वा राज्यपालसँग छलफल गर्न सक्छन्।

About Author

Advertisement