भाजपा निर्वाचित पञ्चायत सदस्य तृणमूलमा सामेल

40fb50c7-5acc-4093-8f5e-8d5eec3cffd4

कालचिनीः दलबदलको प्रक्रियाबीच शुक्रबार कालचिनी खण्डको चुवापाड़ा अञ्चल अन्तर्गत पर्ने पार्ट नम्बर ११/८४ का भाजपा निर्वाचित पञ्चायत सदस्य मालती खड़िया लगायत प्रायः ३०० भन्दा अधिक भाजपा समर्थकहरू तृणमूलमा सामेल भएको तृणमूल चुवावाड़ा अञ्चल सभापति सबीर लोहारले जनाएका छन्। सो योगदान कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल नेता हैदर अली अन्सारी, रघु मिञ्ज, चुवापाड़ा अञ्चल चेयरम्यान महेन्द्र थापा, अञ्चल सभापति सबीर लोहार, चुवापाड़ा ग्राम पञ्चायत प्रधान सुबन्ती चीक बढ़ाईक एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा भाजपा छोड़ेर आएकी पञ्चायत सदस्य मालती खड़ियालाई दलीय झण्डा प्रदान गर्दै तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले भाजपाको जुमलाबाजी सबैले थाह पाएको र उनीहरूको विधायक र मन्त्रीलम्म रहेको सांसद जोन बारलाहरूले विकासको सिन्का पनि जनतालाई दिन नसकेकोले अब भाजपाप्रति सबैको भरोसा हटेको जनाएका छन्। यता भाजपा छोड़ी तृणमूलमा आएकी पञ्चायत सदस्य मालती खड़ियाले भाजपाले कुनै काम गर्न नसकेको तर दिदीको पक्षबाट विकासमूलक योजनाहरूले साधारण जनताको कल्याण भएको देखेर नै जनताको लागि तृणमूलसँग मिलेर काम गर्ने लक्ष्य लिएर आएको बताएकी छन्।

About Author

Advertisement