सिलगढी: दार्जीलिङका सांसद राजु विष्टले भारतीय जनता पार्टी (भाजपा) सिलगढी साङ्गठनिक जिल्ला उपाध्यक्ष राजु साहका पिता सुकुमार साहको असामयिक निधनप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन्।
सांसद विष्टले भाजपा कार्यकर्ताहरूसँगै शोक प्रकट गर्दै यस अत्यन्तै पीडादायी क्षणमा सम्पूर्ण पार्टी पङ्क्ति शोकाकुल परिवारको साथमा रहेको बताएका छन्। अभिभावक गुमाउनुको खालीपन कहिल्यै पूरा हुन नसक्ने उल्लेख गर्दै उनले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, दुःखको यस घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।





