भाजपाको राष्ट्रिय उपाध्यक्ष पदबाट हटाइयो दिलीप घोषलाई

84429307.jpg

नयाँ दिल्ली: भाजपाको राष्ट्रिय कमिटीको उपाध्यक्ष पदबाट दिलीप घोषलाई हटाइएको छ। अब तिनी केवल सांसद पदमा मात्र आसिन छन्। प्राप्त जानकारी अनुसार आज शनिबार बिहान भाजपा राष्ट्रिय कमिटीको नयाँ पदाधिकारीहरूको नाम घोषणा गरियो।यस कमिटीको घोषणा पार्टीको राष्ट्रिय अध्यक्ष जेपी नड्डाले गरे। यस कमिटीमा बंगालबाट पार्टीको सचिवको रूपमा अनुपम हाजराको नाम मात्र सामेल गरिएको छ। सूत्र अनुसार लोकसभा चुनाउ आउन अब केही दिन मात्र बाँकी रहेको छ।यस चुनाउलाई केन्द्र गरेर नै भाजपा राष्ट्रिय कमिटीमा फेरबदल गरिएको बताइएको छ। राष्ट्रिय उपाध्यक्ष पदबाट दिलीप घोषलाई हटाइएपछि राज्यको राजनीतिमा विभिन्न अड्कलबाजीहरू शुरू भएको छ।

About Author

Advertisement