भाजपाको झन्डामा कन्डम झुण्डाइदिएको तृणमूलमाथि आरोप

RAJGANJ-NEWS-1024x576.jpg

राजगञ्ज: पार्टीको झन्डामा कण्डम झुण्डाइदिएको आरोप उठेको घटनालाई लिएर भाजपा नेताहरू अनि कार्यकर्ताहरूले पुलिसको दैलो खट्खटाएका छन्। पञ्चायत चुनाउ प्रचारको लागि ठाउँ-ठाउँमा पार्टीको झन्डा लगाइएको छ। तर आज बिहान पार्टीको झन्डामा कण्डम बाँधेर झुण्डाएको देखा परेपछि भाजपा पार्टी समर्थकहरू औधी क्रोधित बन्न पुगेका छन् ।यस घटना जलपाइगढी जिल्लाको राजगञ्ज शिकारपुर इलाकामा घटेको हो। भाजपा नेतृत्वले उक्त घटनामा तृणमूल कांग्रेस संलग्न रहेको आरोप लगाएको छ। भाजपाको तर्फबाट पुलिस थानामा एउटा लिखित अभियोग पनि दर्ता गरेको छ। अर्कोतिर, बेलाकोवा आउट पोस्ट पुलिसले घटनास्थलमा पुगेर घटनाको जाँच गरेको बताइएको छ। भाजपा किसान मोर्चाको जलपाइगढी जिल्ला अध्यक्ष नकुल दासले सत्ताधारी पार्टीको कुनै व्यक्तिले उक्त कार्य गरेको आरोप लगाएका छन्। यसैगरी, तृणमूलको अञ्चल अध्यक्ष नारायण बसाकले कुनै पनि पार्टीको झन्डामा यस प्रकारको चिज लगाइनु ठीक नरहेको बताएका छन्। तर आफ्नो पार्टीमाथि लगाएको भाजपाको आरोपलाई तिनले अस्वीकार गरेका छन्।

About Author

Advertisement