भाग्यले साथ दिँदा दोस्रो वनडे म्याचमा भारतले ४ रनले रोमाञ्चक जीत

IMG-20261107-WA0068

वेलिंगटन: भारतले वर्षा प्रभावित चरम रोमाञ्चक दोस्रो वनडे क्रिकेट म्याचमा न्यूजील्याण्डलाई डीएलएस (डकवर्थ-लुईस-स्टर्न) पद्धतिद्वारा ४ रनले पराजित गऱ्यो। यस जीतको साथ भारतले ५ वटा म्याचको सीरीजमा २-०-को बढत हासिल गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको ब्याटिंगले लगातार दोस्रो म्याचमा निराश गऱ्यो अनि ४१ ओभरमा केवल १३४ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले पनि खराब शुुरुवातपछि २६ ओभरमा ११३ रन बनाउँदा वर्षा शुरु भयो अनि खेल हुन सकेन। त्यस समय भारत १३५ रनको लक्ष्यदेखि २२ रन पछि रहेको थियो। वर्षाले म्याच फेरि हुन नसक्दा भारतलाई डीएलएस नियमहरूअन्तर्गत ४ रनले विजेता घोषित गरियो। वर्षा शुरु हुन अघिसम्म म्याचमा न्यूजील्याण्डले जीत हासिल गर्ने लागिरहेको थियो तर वर्षाले गर्दा आयोजक टोलीको सपना भताभुंगै भयो। न्यूजील्याण्डले यसअघि आफ्नो घरेलु मैदानमा लगातार हारको सामना जनवरी २०१९-मा गर्नु परेको थियो। लक्ष्य सानो भए पनि ब्याटिंगको निम्ति कठिन पीचमा भारतले लगातार अन्तरालमा विकेट गुमायो। यसबीच श्रेयस अय्यरको साथमा रोहित र केएल राहुलले संघर्ष गरेर भारतलाई भाग्यशाली जीत दिलाए। श्रेयसले सर्वाधिक ३० रन बनाए। यसरी केएल राहुलले अविजित २६ र रोहित शर्माले २३ रनको योगदान दिए। श्रेयसले ४६ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। यसरी राहुल र रोहितले २-२ वटा चौका र २-२ वटा छक्का लगाए। भारतको शीर्ष क्रममा कप्तान शुभमन गिल, विराट कोहली र अक्षर पटेलले अधिक योगदान दिन सकेनन्। यसमा गिलले त खाता नै खोलेनन्। कोहली र अक्षरले ७-७ रन बनाए। नमन धीर १२ रन बनाएर आउट भए। न्यूजील्याण्डका बलरहरूमा काइल जेमिसन र जेकब डफीले ३-३ विकेट लिए। यसअघि न्यूजील्याण्डको पनि शुरुवात खराब रह्यो अनि ५३ रनसम्म ५ विकेटको पतन भइसकेको थियो। आकिब नबी र अंशुल कम्बोजले न्यूजील्याण्डको शीर्ष क्रमलाई ध्वस्त पारे। यसरी गुरनुर बरारले उत्कृष्ट बलिंग गरेर न्यूजील्याण्डको तल्लो क्रमलाई समेटे। भारतको युवा पेस आक्रमणले लगातार दोस्रो म्याचमा आयोजक टोलीलाई चेपारोमा पाऱ्यो। डेरिल मिचेलले सर्वाधिक ५५ रनको साथ न्यूजील्याण्डको स्थिति सम्हाले। उनले १०४ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक कप्तान मिचेल सेण्टनरले ३१ रनको योगदान दिए। न्यूजील्याण्डको शीर्ष क्रममा विल यंग ६, हेनरी निकोल्स ११ र टम लाथम ७ रन बनाएर आउट भए जबकि टिम साइफर्ट र ग्लेन फिलिप्सले खाता नै खोलेनन्। भारतीय बलरहरूमा गुरनुर बरारले सर्वाधिक ४ विकेट लिए, जसलाई प्लेयर अफ द म्याच चयन गरियो। यसरी अक्षर पटेल, आकिब नबी र अंशुल कम्बोजले २-२ विकेट हासिल गरे।

About Author

Advertisement