खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीलाई घैयाबारी खरसाङ वेलफेयर मोटर ट्याक्सी सेन्डीकेटद्वारा समर्थन जनाएका छन्। घैयाबारीदेखि खरसाङ कुद्ने ट्याक्सी गाड़ीका चालकहरूका संगठन घैयबारी खरसाङ मोटर ट्याक्सी वेलफेयर सेण्डीकेटका चालकहरूले भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको तीनधारेको शंकर निवासस्थित घरमै भेट गरी समर्थन जनाएको बताएका छन्। चालकहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीलाई पूर्ण समर्थन रहेको र उनलाई नै आउँदो जीटीए चुनावमा हामी जिताउन चाहान्छौं भनी बताएका छन्। चालकहरूसितै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा पनि उपस्थित थिए।










