खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २० हवल्दार कोठीमा भागोप्रमो नारी शक्तिकोे प्रशाखा समिति गठन गरिएको छ।खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २० को पाँचवटा भेग लिएर बनिएको छ। डोकान डाँडा, फाटक कोक्रेन् पाखा नयाँ बस्ती, चांदमारी, हवल्दार कोठी जसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे प्यारेन्ट्स बडी, नारी शक्ति अनि युवा शक्ति कोे वार्ड, शाखा, प्रशाखा कमिटी अघिबाटै नै त्यस भेगकोे जनताको निम्ति सांगठनिक रूपमा सङ्गठित भएर कार्य गरी रहेको छ। भौगोलिक हिसाबले ठूलो भेग भएको कारण कतिपय सांगठनिक गतिविधिहरुको प्रचार प्रसार साथै भागोप्रमोद्वारा जीटीएमार्फत भईरहेको विकासमूलक कार्यहरुलाई सजिलोसँग जनतासम्म पुर्याउन हेतु साथै संगठनलाई सुदृढ अनि बलियाे बनाउन हेतु हवल्दार कोठीकोे नारीहरुलाई लिएर पुनः नारी शक्तिको प्रशाखा कमिटी गठन गरियो। टाउन कमिटी कार्यवाहक अध्यक्ष सन्दिप बल अनि युवा शक्ति सदस्य अमर लामाको पहलमा यो नारी शक्ति प्रशाखा समिति गठन कार्य सम्पन्न भयो। पुष्प तमाङको अध्यक्षता भएको सभामा उपस्थित सम्पूर्ण नारी शक्तिको सर्वसहम्मतिले कोठीडाँडा प्रशाखा कमिटीको निम्ति निम्न लिखित पदाधिकारीगण चयन गरियो जसमा अध्यक्षा सन्ध्या थापा, उपाध्यक्षे मोना तमाङ, सचिवा अल्का संकर, कोषाध्यक्ष ऐतु तामाङ, सबिता तामाङ, सल्लाहकार सुमित्रा तामाङ, रेखा छेत्री, सर्वदा तामाङ, कार्यकारिणी सदस्यागण विनिता सार्की, उषा छेत्री, कल्पना खवास, निशा बिना तामाङ, प्रेनी तामाङ, ज्योति तामाङलाई चयन गरियाे। आजको यस प्रशाखा गठन सभामा खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्षा देवकी सुब्बा प्रधान, सचिवा दीपा छेत्री, सह सचिवा सरिता मुखिया, कार्यवाहक सचिवा डोल्मा तामाङ लगायत टाउन कमिटी प्यारेन्ट्स बडीका कार्यवाहक अध्यक्ष सन्दीप बल अनि युवा शक्तिका सदस्य अमर लामा उपस्थित थिए भने आजको सभाको सञ्चालन सन्ध्या थापाले गरेका थिए।









