भागोप्रमो चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभा सम्पन्न

IMG-20240121-WA0190.jpg

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साङ्गठनिक कार्यलाई तीब्रता दिँदै चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभा दार्जीलिङ पुल बजार खण्ड समितिका कर्माध्यक्ष अरुण क्षेत्रीको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा प्रमुख रुपमा जोरबोङलो सुखे खण्ड समितिका सभापति सोनाम डोमा वाङ्दी, चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभासद सन्दीप छेत्री, चुङथुङ ग्राम पञ्चायतका प्रधान अनिता तामाङ, मेरीबोङ ग्राम पञ्चायत प्रधान सनी तामाङ एवं समष्टि नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो। सभामा अब समष्टिमा सांगठनिक एवं विकासको कार्यलाई गति दिनको निम्ति गहन चर्चा परिचर्चा गरियो। सम्बोधनको क्रममा क्षेत्रीय सभासद सन्दीप क्षेत्रीले पार्टी केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशमा अब समष्टिभरि नै शाखा प्रशाखा कमिटीहरूलाई बलियो पार्नका निम्ति विशेष सांगठनिक कार्यमा तीव्रता दिने अनि बन्द रहेको चुङथुङ कमान खोल्ने कार्यबारे पहल भईरहेको जानकारी गराए।

सभामा सम्बोधनको क्रममा खण्ड समितिका सभापति सोनाम डोमा वाङदीले लिङ्गे मारेबुङ ग्राम पञ्चायत अनि परमागुडी तामसाङ ग्राम पञ्चायतमा खण्ड समितिमार्फत् विकासमूलक कार्यहरूमा तीव्रता दिने बताए। यसरी नै समष्टि नेतृत्व गोविन्द गुरुङ, बन्टी गुरुङ, सुदिप क्षेत्री, हर्क थापा, अमित गुरुङ, रोशन गुरुङ, अरुण क्षेत्री सालु शाखा नेतृत्व आदिले सम्बोधन गरेका थिए। सभामा समष्टि नेतृत्व ग्रेस राई, सुन्दर राई, सविन थापा, सरस्वती गुरुङ, युवराज राई लगायत पार्टी नेतृत्व एवम् कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। सभाका सञ्चालन समष्टि सचिव ललित तामाङले गरेका थिए।

About Author

Advertisement