भागोप्रमोको निर्वाचित पञ्चायत समिति र पञ्चायत सदस्य-सदस्याहरुलाई लिएर चुनावी सभा सम्पन्न

photocollage_202632118535100

खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्वाचित कर्माध्यक्षहरु, १४ वटै ग्राम पञ्चायतहरुका पञ्चायत समिति र पञ्चायत सदस्य सदस्याहरुलाई लिएर चुनावी अन्तर्क्रियात्मक सभा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाको पक्षमा खरसाङ महकुमा पार्टी कार्यालयमा सम्पन्न भएको छ।‌ उक्त सभाको अध्यक्षता खरसाङ पञ्चायत समितिका कर्माध्यक्ष भक्तिमान तामाङले गरेका थिए। सभालाई भागोप्रमोको उम्मेद्वार अमर लामा, पञ्चायत समिति सभापति अनु छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, महकुमा सचिव एवं सभासद प्रणाम रसाइली लगायत अन्यले‌ वक्तव्य राखेका थिए।‌ सभामा खरसाङ पञ्चायत समितिको कर्माध्यक्षहरु, पञ्चायत समिति सदस्य सदस्याहरु,‌ १४ वटै ग्राम पञ्चायतहरुका निर्वाचित पञ्चायत सदस्य सदस्याहरु उपस्थित रहेका थिए।

About Author

Advertisement