भागोप्रमोको तीनधारे महानदी समष्टिको पूर्व उपाध्यक्ष र सल्लाहकारसहित तीनजना भाजपामा सामेल

IMG-20260413-WA0094

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको पूर्व उप सभापति कुमार छेत्री, समष्टिको सल्लाहकार तथा सिमरिङ बुथ कमिटीको अध्यक्ष डीबी सुब्बा र श्याम थापा भारतीय जनता पार्टीमा औपचारिक रूपमा सामेल भएका छन्। तीनैजनाले‌ सोमवार भारतीय जनता पार्टीको खरसाङस्थित पार्टी कार्यालयमा पार्टीको‌ झण्डा समाएर भारतीय जनता पार्टीमा सामेल भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको “सबका साथ, सबका विकास, सबका विश्वास” को नीति तथा राष्ट्रिय उत्थानको उद्देश्यबाट प्रेरित भई उनीहरू भारतीय जनता पार्टीमा प्रवेश गरेको बताइएको छ।

यस अवसरमा भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डल अध्यक्ष उमेश प्रधान, दार्जिलिङ जिल्ला सचि बिनय प्रसाद, जिल्ला सोशल मिडिया इन्चार्ज चन्दन प्रसाद तथा मण्डल महासचिव दिपराज माझीको विशेष उपस्थिति रहेको थियो। यस समावेशले खरसाङ क्षेत्रमा भारतीय जनता पार्टीको संगठन अझ सुदृढ बन्ने पार्टीले विश्वास लिएको छ।

About Author

Advertisement