भागोप्रमोको घैयाबारी दुई ग्राम पञ्चायत स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन

IMG-20230418-WA0141.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी पञ्चायत चुनावलाई लिएर कसरत शुरु गरिसकेको छ। त्यसै क्रममा खरसाङ महकुमा अन्तर्गत घैयाबारी दुई ग्राम पञ्चायतको तीनधारे क्षेत्रलाई लिएर एक सभा तीनधारे गोलाई पाखास्थित मित्र संघ सार्वजनिक भवनमा सम्पन्न भएको छ। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने सातवटा संसदहरूलाई लिएर भागोप्रमोको पञ्चायत स्तरीय कमिटी गठनार्थ सभा सम्पन्न भएको छ। उक्त सभा अनिल राईको अध्यक्षतामा सम्पन्न भएको छ।।सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव भगवती राई प्रधान आदिले वक्तव्य राखेका थिए। यसै सभामा नै घैयाबारी दुई ग्राम पञ्चायत स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त पञ्चायत स्तरीय कमिटीको चिफ् को-अर्डिनेटरको रूपमा चन्द्रबहादुर भुजेल, सह को-अर्डिनेटरहरूका रूपमा हरेक बुथबाट दुईजना चयन गरिएको छ। जसमा बुथ नम्बर २४४ चुनभट्टीबाट सबिन प्रधान र सिराज थापा, बुथ नम्बर २४५ मिठाईडाँड़ाबाट श्याम लामा र भगवती राई प्रधान, बुथ नम्बर २४६ तीनधारे चियाबारीबाट सनबहादुर तामाङ र युवराज प्रधान, बुथ नम्बर २४७ गोलाई, शंकर निवासबाट ईशान्त विश्वकर्म र प्रकाश खत्री, बुथ नम्बर २४८ तीनधारे बजारबाट रुपेन प्रधान र आईलिन तामाङ, बुथ नम्बर २४९ राजबारीबाट उमा गिरी र अनिल राई चयन भएका छन्।त्यसरी नै कोषाध्याक्षाको रूपमा मञ्जु ब्राह्मण, सह कोषाध्यक्षा लिला तामाङ, प्रचार प्रसार सचिव सुभम प्रधान र नवराज राई गरी जम्मा १७ जनाको पञ्चायत स्तरीय कमिटी गठन गरिएको छ। आगामी पञ्चायत चुनावलाई ध्यानमा राखेर घैयाबारी ग्राम पञ्चायत दुई स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगरले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement