भागोपद्वारा तीनधारेमा बलिदान दिवस पालन

IMG-20240825-WA0222

खरसाङ: भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको आयोजनामा दुर्गा मल्लको बलिदान दिवय पालन गरिएको छ। भारतीय परिसंघ तीनधारे शाखाको सभाति शान्ति तामाङको अध्यक्षतामा सम्पन्न उक्त बलिदान दिवस कार्यक्रममा मुख्य अतिथिको रूपमा वरिष्ठ नागरिक समाज कल्याण संघका सभापति गान्धी मोक्तान उपस्थित थिए। सभालाई भारतीय गोर्खा परिसंघक तीनधारेको सचिव दिपक प्रधानले गरेका थिए। यस कार्यक्रममा शहीद मेजर दुर्गा मल्लले देश साथै गोर्खाहरूको निम्ति त्याग र बलिदानको विषयमा भारतीय गोर्खा परिसंघका सह सचिव सुरेशचन्द्र दर्नालले वक्तव्य राखेका थिए। त्यसरी नै कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत सदस्य अजय विश्वकर्मले पनि छोटो मन्तव्य राखेका थिए। यस बलिदान दिवस कार्यक्रममा भारतीय गोर्खा परिसंघ तीनधारे शाखाका सम्पूर्ण सदस्य/सदस्याहरूको उपस्थिति रहेको थियो। सभामा सभाध्यक्षा शान्ति तामाङले आफ्नो अध्यक्षीय सम्बोधनमा हाम्रा वीर गोर्खाले दिएको बलिदानलाई हामी कदर गर्दै तीनधारेमा यो बलिदान दिवस पहिलोचोटी मनाउन सफल बनेकोमा भारतीय गोर्खा परिसंघका सम्पूर्ण सदस्यहरूप्रति आभार प्रकट गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement