भाइचुङ भोटियाले केन्द्रिय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियासॅंग भेट

IMG_20221101_204057.jpg

गान्तोक: सिक्किममा पाकिम ग्रीनफिल्डमा स्पाइसजेटले आफ्नो हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि हाम्रो सिक्किम पार्टी (एचएसपी) का अध्यक्ष भाइचुङ भोटियाले केन्द्रिय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियासॅंग भेट गरी सिक्किमेहरूको पक्षमा ज्ञापन पत्र सुम्पेका छन्। एचएसपीको मिडिया सेलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ। विज्ञप्तिमा एचएसपी अध्यक्ष भाइचुङ भोटिया र केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाबिच बैठक सकारात्मक रहेको बताइएको छ। स्पाइजेटले आफ्नो सेवा बन्द गरेको हुँदा पाकिम हवाई अड्डाको निम्ति इण्डिगोलाई आफ्नो हवाई सेवा शुरू गर्न अनुरोध गर्ने कुरा केन्द्रिय मन्त्रीले बताएको दाबी गरिएको छ।
उनले पत्रमा केन्द्रिय मन्त्री सिन्धियाले गत ३० अक्टोबरको दिन पूर्वोत्तरको पॉंचवटा राज्यका नयॉं शहरहरूलाई जोड्न उडान योजना अन्तर्गत तीनवटा नयॉं फ्लाइट शुरूवात गरेको उल्लेख गरेका छन्। केन्द्रिय नागरिक उड्डयन मन्त्रालयले उडान योजना अन्तर्गत शहरहरूको सूचीबाट गान्तोकलाई छुटाएको बताउॅंदै उनले सिक्किम अब हवाई सम्पर्करहित बनेको बताएका छन्।
एचएसपी अध्यक्ष भोटियाले केन्द्रिय मन्त्री समक्ष केही मागहरू पनि राखेका छन्। उनले पाकिम हवाई अड्डाबाट कम्तिमा दुईवटा हवाई सेवा, उडान योजना अन्तर्गत कम्तिमा एउटा अन्तरराष्ट्रिय हवाई सेवा, अन्तरराष्ट्रिय मानकको आधारमा पाकिम हवाई अड्डाको देखरेख, पाकिम र बागडोगरा हवाई अड्डामा नेपाली, हिन्दी र अंग्रेजी भाषामा घोषणा गरिनु पर्ने माग गरेका छन्।

About Author

Advertisement