सिलगढी: भव्य शोभायात्रा मार्फत सिलगढी विवेकानन्द विद्यालय (उच्च माध्यमिक) को हीरक जयन्ती वर्ष उत्सवको शुभारम्भ गरियो। विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा पूर्व विद्यार्थीहरू उक्त शोभायात्रामा सहभागी भए भनि सिलगढी नगरनिगमका चेयरम्यान गौतम देवले संजाल मार्फत उल्लेख गरे।
उनले संजालद्वारा शोभायात्रा शहरका विभिन्न महत्वपूर्ण सडकहरू परिक्रमा गर्दै सर्वसाधारणको आकर्षणको केन्द्र बन्यो र विद्यालयको झण्डा, बाजा टोली तथा विविध सांस्कृतिक प्रस्तुतिले शोभायात्रालाई अझ आकर्षक बनायो भने।

यसैगरी अन्तमा चेयरम्यानले भने विद्यालय प्रशासनले जनाए अनुसार हीरक जयन्ती वर्षको अवसरमा वर्षभरि विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गरिनेछ साथै यसमार्फत विद्यालयको गौरवपूर्ण इतिहास र शिक्षाको परम्परालाई अझ समृद्ध बनाउने लक्ष्य राखिएको छ।











