भलिबल प्रतियोगिताको क्वाटर फाइनलमा सिडर्स अनि सोनादा पुलिस

IMG_20221030_183536.jpg

खरसाङ: लक्ष्य संघ नेहुर बालासन चियाबारीद्वारा सम्पन्न भइरहेको खुल्ला भलिबल प्रतियोगितामा शनिवारको म्याच सिडर्स बनाम धोत्रे बालासन माझ सम्पन्न भयो।उक्त खेलमा सिडर्सले विजय प्राप्त गरि क्वाटर फाइनलमा प्रवेश गर्न सफल बन्यो l त्यसरी नै अर्को म्याच मिरिक युथ क्लब बनाम सोनादा पुलिस थाना माझ धेरै रोमाञ्चक खेल एक एक सेट जितेका थिए भने अन्तको निर्णायक खेलामा सोनादा पुलिसले विजय हासिल गरेर क्वाटर फाइनलमा प्रवेश गर्यो l उक्त खेललाई लोकेश राई, बबी घिमिरे, हसन प्रधान अनि  भक्त बहादुर राईले संचालन गरेको थियो भनी संघका मूल सचिव राजीव राईले जानकारी दिएका छन्l 

About Author

Advertisement