भलिबलः सेमिफाइनलमा पुग्न सफल सी. नाइट्स

photocollage_20236112742167.jpg

१ जूनः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा बुधवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा सी. नाइट्सले दार्जीलिङ युनाइटेड बी टीमलाई सीधा सेटमा ३-०-ले पराजित गऱ्यो। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ४ जूनमा खेलिनेछ।

About Author

Advertisement