भलिबलः सूम युनाइटेड सेमिफाइनलमा

photocollage_2023530131839183.jpg

३० मईः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा सोमवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा खेलिएको म्याचमा सूम युनाइटेडले सी.एम.डी. रुम्बुकलाई चार सेटमा ३-१-ले पराजित गऱ्यो। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ४ जूनमा खेलिनेछ।

About Author

Advertisement