ब्ल्याक टी (चिया) भन्दा दुधको चिया राम्रो

00-1-Tea

विज्ञहरूका अनुसार ब्ल्याक टी अर्थात रंग चियाभन्दा दुधको चिया बढी फाइदाजनक हुन्छ। लिंकन युनिभर्सिटीका विज्ञहरूले आफ्नो एउटा अनुसन्धानमा दुध बिना चिया पिउने मानिसहरूको शरीरमा अक्सलेटको मात्रा बढी भएको पत्ता लगाए। अक्सालेट भनेको पिसाबको माध्यमबाट शरीरबाट निस्कने फोहोर पदार्थ हो तर कतिपय मानिसमा अक्सालेट जम्मा भएर मृगौलामा पत्थरी हुने गरेको पाइएको छ, तर विज्ञहरूका अनुसार दुधमा भएको चिया पिउँदा यो खतराबाट बच्न सकिन्छ दुधमा पाइने एगेटसँग मिसिन्छ र सजिलै पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ र जम्मा हुँदैन, त्यसैले दुध चिया वा ग्रीन टी पिउनुहोस्।

About Author

Advertisement