बीजेपी र टीएमसीले सबै हत्काण्डहरू अप्नाउँदैछ तर पहाड तराई डुवर्स तथा गोर्खाको अस्तित्व तपाईको एक भोटले बाँच्छ: अजय एडवाडर्स
दार्जिलिङ: हामीलाई डम्बर सिंह, अरिबहादुर गुरूङ हुने इच्छा छ। तर विमल गुरूङ हुने इच्छा छैन यो भनाई अजय एडवाडर्सको हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टबाट दार्जीलिङ विधानसभा समष्टिको उम्मेद्वार अजय एडवाड्सले आफ्नो चूनावी प्रचार प्रसारलाई तीव्र रूप दिन्दै आएका छन्। यसै क्रममा आज अजय एडवाडर्सले ब्लूम फिल्ड ऋषिहाट समष्टिमा आफ्नो चूनावी प्रचार गरे। स्थानीय मानिसहरूले अजय एडवाडर्सलाई खदा लगाउँदै स्वागत जनाए। आफ्नो चुनावी प्रसार प्रचारको क्रममा अजय एडवाडर्सले भने, हामीलाई डम्बरसिंह गुरूङ, अरिबहादुर गुरूङ हुने इच्छा तर विमल गुरूङ हुने इच्छा छैन। हामीलाई सोच विचारमा मदन तामाङ हुने इच्छा तर वहाँको भाइ अमर लामा हुने इच्छा छैन। सुवास घिसिङ जस्तो नेतृत्ववान लिडर हुने इच्छा तर उनको छोरा मन घिसिङ जस्तो हुने इच्छा छैन।उनले अझ भने, म जहाँ जहाँ जाँदैछु सबैले परिवर्तन भन्दैछ, विधानसभाको क्षेत्र ठूलो हुन्छ,सबै क्षेत्रहरूमा शायद म पुग्न सक्दिन होला त्यसको निम्ति क्षमा प्रार्थी छु। तर तपाईहरूलाई पक्का परिवर्तन चाहिएको छ भने पहाडको सबै आसनहरूमा हामीलाई भारी मतले विजय गराउनु होस्।देशको ठूल्ठूला राजनैतिक पार्टीहरूले हामीलाई दासत्वको जीवन जिउने बनाउँदै आएको छ। पहाडमा परिवर्तन ल्याउनु छ भने अजय एडवाडर्स, बन्दना राई,भर्नोन व्रिटो लेप्चा हामी सबैलाई तपाईहरूले विजय बनाउनु पर्छ। बंगाल र भाजपाको धोती समाएर कहाँसम्म जानु?हामीले हाम्रो क्षेत्रियतालाई बचाउनु पर्छ।बंगाल र भाजपाको अधीनमा बसेर हामीले हाम्रो क्षेत्रको लागि केही गर्न सक्दैनौ।’
उनले भने, चिया बगानको श्रमिकहरूले २ सय २० रूपियाँको दैनिक रोजीको जिन्दगी जिउनु पर्दैछ। हामी डिप्लोमेसीमा विश्वास गर्छौँ तर दासत्व,कठपुतलीमा विश्वास गर्दैनौँ। दार्जीलिङ पहाडमा परिवर्तन ल्याउने बल ताक जनताको हातमा छ। हामीलाई हराउन वीजेपी र टीएमसीले शाम,दाम दण्ड भेद सबै प्रयोग गर्दैछ तर पहाड तराई डुवर्स तथा गोर्खाहरूको अस्तित्व तपाईहरूको एक भोटले बचाउन सक्छ,पहाडको तीनवटा आसनहरूमा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,लाई दिनु होस भन्दै अजय एडवाडर्सले जनता समक्ष भोटको अपिल गरयो।’










