ब्राजील उलटफेरको शिकार, ऐतिहासिक जीतको साथ नर्वे क्वार्टर फाइनलमा

Screenshot_20260706_105630_FotoCollage Maker

न्यूयोर्क: फिफा वर्ल्ड कप २०२६-को राउण्ड अफ १६-मा ठूलो उलटफेर गर्दै नर्वेले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। आइतवार अबेर राति खेलिएको म्याचमा नर्वेले रोमाञ्चक म्याचमा ५ पल्टको च्याम्पियन ब्राजीललाई २-१-ले पराजित गऱ्यो। यसरी चौथोपल्ट वर्ल्ड कपमा खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलोपल्ट वर्ल्ड कपको क्वार्टर फाइनलमा स्थान बनायो भने ब्राजील ३६ वर्षपछि प्री-क्वार्टर फाइनलमै बाहिर भयो। यसअघि १९९०-को वर्ल्ड कपमा ब्राजील अन्तिम १६-मै बाहिर भएको थियो। नर्वेको ब्राजीलविरुद्ध वर्ल्ड कपमा यो दोस्रो जीत हो। यसअघि १९९८-को वर्ल्ड कपमा पनि नर्वेले ब्राजीललाई २-१-ले नै पराजित गरेको थियो। यस जीतको साथ नर्वेले ब्राजीलविरुद्ध आफ्नो अजेय (५ वटा म्याचमा) रेकर्डलाई पनि कायम राख्यो। अब क्वार्टर फाइनलमा नर्वेको भिड़न्त यूरोपेली प्रतिद्वन्द्वी ईंग्ल्याण्डसँग हुनेछ। नर्वेको यस ऐतिहासिक जीतमा एर्लिंग हालाण्ड मुख्य नायक रहे। म्यानचेष्टर सिटीका यस स्टार फरवर्डले म्याचको ७९औं र ९०औं मिनटमा टीमको निम्ति २ गोल गरे। यसरी ब्राजीलको तर्फबाट दिग्गज फरवर्ड नेमार जूनियरले इञ्ज्युरी टाइमको दशौं मिनटमा पेनल्टीबाट एकमात्र गोल गरे। म्याचमा ब्राजीललाई आफ्नै गल्तीहरूले डुबायो, जसमा पहिलो हाफको खेलमा भएको पेनल्टी मिस पनि सामेल छ। यसबाहेक टीमले गोल गर्ने धेरै मौकाहरू पनि गुमायो। म्याचमा नर्वेका गोलकीपर ओर्जन नायलेण्डले एकाधिक शेभ गरी टीमलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। न्यू जर्सी स्टेडियममा खेलिएको म्याचमा पहिलो हाफ गोलरहित रह्यो। दोस्रो हाफमा दुवै टीमले लगातार मौका बनायो। यसै क्रममा ७९औं मिनटमा एर्लिंग हालाण्डले दर्शनीय हेडरद्वारा नर्वेलाई १-०-को बढ़त दिलाए। त्यसपछि ९०औं मिनटमा उनले लामो दूरीबाट गोल गरी टीमको बढ़तलाई दोब्बर पार्नको साथै ब्राजीलको सम्भावनाहरूलाई ठूलो झट्का दिए। म्याचको अन्तिम क्षणमा ब्राजीललाई पेनल्टी प्राप्त भयो। त्यस मौकालाई नेमारले गोलमा परिणत गरे तर त्यस गोलले केवल हारको अन्तरलाई कम्ती गऱ्यो। अन्तिम सिटी बज्नको साथै नर्वेले ऐतिहासिक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो।
म्याचको पहिलो हाफमा ब्राजीलसँग बढ़त हासिल गर्ने सुनौलो मौका थियो। नर्वेका क्रिस्टोफर एजरले मेथियस कुन्हालाई लड़ाउँदा भीएआर समीक्षाको माध्यमले ब्राजीललाई पेनल्टी बाहिर भएको थियो। म्याचको १४औं मिनटमा पेनल्टी लिन आएका ब्राजीलका ब्रूनो गुइमारेसको शट्लाई नर्वेका गोलकीपर नायलेण्डले रोके। नायलेण्डले पछिबाट गेब्रिएल मार्टिनेल्ली, विनिसियस जूनियर, रेयान र ब्रूनो गुइमारेसको प्रयासहरूलाई पनि असफल बनाए। दोस्रो हाफमा ब्राजीलले युवा खेलाड़ी एण्ड्रिकलाई मैदानमा ल्यायो। मैदानमा प्रवेश गरेको केवल ५२ सेकेण्डपछि उनले गोल गर्ने सुनौलो मौका गुमाए। यसरी म्याचमा एकपछि अर्को मौकाहरू गुमाउँदा ब्राजीलले टुर्नामेण्टबाट बिदा लियो। यसबीच म्याचमा २ गोलको साथ नर्वेका फरवर्ड हालाण्ड फिफा वर्ल्ड कप २०२६-मा गोल्डन बूटको रेसमा अर्जेण्टिनाका लियोनल मेस्सी र फ्रान्सका कीलियन एम्बाप्पेको बराबरीमा पुगेका छन्। यी तीनैजनाले ७-७ गोल गरेका छन्।

About Author

Advertisement